७ बैशाख २०८१, शुक्रबार

ज्ञानेन्द्र शाहीमाथि सत्तापक्षका कार्यकर्ताबाट भएको दुव्र्यवहार खेदजनक : राप्रपा

rajendra lingden
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो माइतिघरमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध भएको नारावाजीको भत्र्सना गरेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले भने ‘मिटरब्याज पीडितको प्रदर्शनमा ऐक्यवद्धता जनाउनु हाम्रो दायित्व हो कर्तव्य हो, त्यसलाई समर्थन गर्दा एउटा जिम्मेवार राजनीतिक दलको सचेतकमाथि सत्तापक्षका कार्यकर्ताबाट सुनियोजीत रुपमा भएको नाराबाजीलाई राप्रपाले गम्भिर रुपमा लिएको छ’ उक्त घटनाप्रती खेद प्रकट गर्दछौ ।

    सम्बन्धित समाचार...