६ बैशाख २०८१, बिहीबार

पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला : बालेन शाह

balen
फाइल फोटो

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशका नदीनाला जोगाउन आग्रह गरेका छन् । उनले बागमती नदी तथा सार्वजनिक स्थल जोगाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

आजबाट काठमाडौंमा सुरु भएको न्यायीक सम्मेलनमा बोल्दै उनले उक्त आग्रह गरेका हुन । उनले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षलाई प्रमुख तथा अध्यक्षको भन्दा बढी अधिकार रहेको बताए । उनले देशभर भइरहेको विकास निर्माणको काम अनुगमन गर्ने अधिकार उपप्रमुखलाई रहेको र देश निर्माणको महत्त्वपूर्ण भूमिकामा रहेकोले प्रभावकारी ढङ्गले अनुगमनको काम गर्न पनि आग्रह गरे ।

आजबाट सुरु भएको न्यायीक सम्मेलन भोलि सकिनेछ, सम्मेलनमा देशभरबाट ४०० हाराहारिमा स्थानिय तहका प्रतिनिधि उपस्थित रहेका छन ।