१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री दाहालको जवाफ बालेनलाई – ढुक्क हुनुहोस् यो सरकार ५ वर्षसम्मै टिक्छ

balen prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्षसम्मै टिक्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौं न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल टिक्ने दाबी गरेका हुन् ।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईं ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’

प्रधानमन्त्री दाहालले सरकार अब विस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने स्पष्ट पारे ।