१६ चैत्र २०८०, शुक्रबार

चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

ck raut
फाइल फोटो

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टी जनताको उद्दारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्दारका लागि बनेकोे दाबी गरेका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रबाट शिवचन्द्र कुशवाहा पटक–पटक अन्याय र बहिस्करणमा परेको बताए । उनले कुशवाहालाई पार्टीमा स्वागत गर्दै बारा–२ मा हुने उपनिर्वाचनमा जिताएरै छाड्ने बताए ।

जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिस्करण र अन्यायमा परेका नेताहरुको सम्मान गर्दै आएको उनले बताए । कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको भन्दै उनले उपनिर्वाचनमा जितको अग्रिम शुभकामनासमेत दिए । बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको उनको दाबी छ ।

‘षड्यन्त्र गरेर कसैलाई चोरबाटोबाट पसाउनका लागि जालझेल रचियो । बारा–२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो । भोट दिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो,’– उनले भने ।

सिट खाली भएर संसदमा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए । साथै, निर्वाचन आयोगका प्रमुख आयुक्तले महिला बाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामासमेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनले बताए । बारा–२ मा उपेन्द्र यादवलाई त्यहाँका जनताले बहिस्कार गर्ने उनको दाबी छ । कुशवाहालाई त्यहाँका जनताले जिताउनेमा कुनै शंका नरहेको उनले बताए । लोकतन्त्रलाई बचाउनका लागि पनि कुशवाहालाई त्यहाँका जनताले जिताउने उनको दाबी छ ।

    सम्बन्धित समाचार...