
फाइल फोटो
जनता समाजवादी पार्टी (जसपा)ले उपप्रधानमन्त्री पाए मात्रै सरकारमा अशोक राईलाई पठाउने भएको छ ।
१० दलीय गठबन्धन सरकारमा जसपाले २ मन्त्रालय पाउने निश्चित छ । जसपाले उपप्रधानमन्त्री पाए मात्रै राइको नेतृत्वमा सरकारमा पठाउने नत्र अरुलाई नै मन्त्री बनाउने तयारी गििरहेको एक केन्द्रीय सदस्यले जनता समाचारलाई बनाए । जसपाबाट मन्त्री बन्न राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाह लगायतका नेताहरू दौडमा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साना दल सबैलाई उपप्रधानमन्त्री बनाउँदा आलोचना हुने भएकाले त्यस्तो नगर्ने पक्षमा कारण हुनुहुन्छ । तर साना दलबाट यसअघि पनि विभिन्न पटक मन्त्री भएकाहरुले सरकारमा सहभागी हुन खोजिरहेका छन् । र तिनले उपप्रधानमन्त्रीको दाबी गरिरहेका छन् । पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् ।