१३ बैशाख २०८१, बिहीबार

कसले तेर्स्यायो लोकन्थली चोकको बीच सडकमा बस ?

nnn

भक्तपुर-कोटेश्वर सडक खण्डको लोकन्थली चोकको बीच सडकमा एक यात्रुबस तेर्स्याएर चालक फरार भएका छन् ।

बा ५ ख ६६७४ नम्बरको भोल्भो बस बीच सडकमा छड्के पारी पार्किङ गरेर चालक फरार हुँदा सवारी आवागमनमा असहज भएको छ ।

भक्तपुरबाट कोटेश्वर हुँदै नयाँ बसपार्क जाँदै गरेको उक्त बस बीच सडकमा उत्तर दक्षिण फर्काएर पार्किङ गरिएको छ । बसको हेन्डल लक गरिएको छ भने चाबी पनि चालकले लिएर फरार छन् ।

बस नयाँ बाटोबाट आएको हो । बसमा सवार यात्रु भने अर्को बस चडेर गन्तव्यतर्फ लागेका छन् । ट्राफिक प्रहरी, प्रहरी स्थानीयले बस सडकबाट हटाउन प्रयासरत छन् । बीच सडकमा बस पार्किङ गरिँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ ।

    सम्बन्धित समाचार...