८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

nepal parliament building

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सम्भावित दुई वटा कार्यसूची छन् ।

संघीय संसदको महासचिव भरतराज गौतमकाअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने छन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसअघि चैत १२ गतेको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिएको थियो । यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिएको थियो ।

    सम्बन्धित समाचार...