१३ बैशाख २०८१, बिहीबार

अब मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन : ओली

oli kp
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन् ।

मिसन ग्रासरूटअन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन । म प्रधानमन्त्री भइसकेँ, काम गरेर देखाइसकेँ । म प्रधानमन्त्री बन्न नपाएको त्यस्तो पनि होइन । तपाईंहरूले बनाउनुभयो । प्रधानमन्त्री बनेर काम पनि देखाएको छु ।”

उनले १० दलीय गठबन्धनले देशको बारेमा बोल्न नसकेको बताए । पूर्वप्रधानमन्त्री ओलीले एमालेविरूद्ध सबै शक्ति एकजुट भएर अप्ठ्यारो पारेपछि कब्जा गर्न लागेको पार्टी फिर्ता गरेको बताए । उनले दश दलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनामा बजेट रोक्ने काम गरेको आरोप लगाए ।