१३ बैशाख २०८१, बिहीबार

भागबन्डा टुंग्याउन सत्ता गठबन्धनले सकेन, बुधबार बिहान फेरि बस्ने

10 dal baithak gath

मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक बिनानिर्णय सकिएको हो ।

कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३-३ तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले २ मन्त्रालयमा दाबी गरेपछि निर्णय हुन नसकेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

बैठक बुधबार बिहान ९ बजे फेरि बस्नेछ ।

    सम्बन्धित समाचार...