१२ बैशाख २०८१, बुधबार

अनुदानमा निर्माण, ऋणमा मर्मत

road final
सांकेतिक तस्विर

अनुदानमा बनाइएको सडक ऋण लिएर बनाउन थालिएको छ । चीन सरकारको अनुदानमा बनेको चक्रपथको बल्खु–कलङ्की सडकको सर्भिस लेन काम नलाग्ने भएको भन्दै विश्व बैङ्कबाट ऋण लिएर बनाउन थालिएको छ ।

उक्त सडकखण्ड निर्माण सम्पन्न भई २०७५ मा नै हस्तान्तरण भइसकेको छ तर अहिले आएर उक्त सडक काम नलाग्ने भएको भन्दै रातारात भत्काइएको छ । डिजाइन, निर्माणमा कमजोरी देखिएको भन्दै र अनुगमनमा लापारबाहीका कारण अनुदानमा बनेको सडक ऋण लिएर बनाउनुपरेको सडक विभागले जनाएको छ ।

चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको पुनस्र्थापना ९रिहाबिलिटेसन०का लागि अहिले विश्व बैङ्कको तीन करोड रुपियाँको ऋण सहयोगबाट सुरु गरिएको हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको विस्तारका लागि चीनले नै डिजाइन गरेको थियो भने नेपालले त्यसलाई स्वीकृत गरेको थियो ।

डिजाइनमा भएको त्रुटि तथा निर्माणको समयमा आवश्यक अनुगमन हुन नसक्दा कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १।३ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको छ । ‘बेस फेलियर’ भएको खण्डमा पुनस्र्थापना गर्न अहिले सो कालोपत्रे उप्काएर पुनस्र्थापन सुरु गरिएको हो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित समाचार...