७ बैशाख २०८१, शुक्रबार

नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

334901594 181565977987334 4295886827954291852 n 1024x600 1

तथ्याङ्क विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

विभागको तथ्यांकअनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको सङ्ख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । महिलाको भन्दा पुरुषको सङ्ख्या करिब ७ लाख कम रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा धेरै र मनाङ जिल्लामा सबैभन्दा कम जनसङ्ख्या छ ।

काठमाडौँमा २० लाख ४१ हजार ५ सय ८७ र मनाङमा पाँच हजार ६ सय ८५ जनसङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।

यसअघि २०७८ माघ १२ मा विभागले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    सम्बन्धित समाचार...