१२ बैशाख २०८१, बुधबार

सुन्तलीको बिलौना- अब सुन्न र सहन सक्ने शक्ति छैन, कि सफाइ देऊ कि सजाय

291678451 5882069455143080 515355489821857250 n e1679644730507

कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले चितवनको रंगशालासम्बन्धी हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरिनुपर्ने माग गरेकी छिन् । उनले अब बन्द कोठामा वार्ता गरेर नहुने उल्लेख गरेकी छिन् । उनले आफूलाई इन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात गरिएको पनि गुनासो पोखेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले आफूपनि मान्छे भएको कारण राज्यसँग धेरै मन दुखेको गुनासो गरेकी छिन् । उनले लेखेकी छिन्–

अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा।मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुझ्छ गालीको बर्सात भैईरहेको छ।म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र संग।धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाई देउ कि सजाय! तर जे गर्छौ छिटो गर ।

    सम्बन्धित समाचार...