७ बैशाख २०८१, शुक्रबार

रोकिएन खेलाडी बिदेसिने क्रम

National sports council

काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए । तर, राष्ट्रिय टोलीमा लामो समय व्यतित गरेका मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर रन्जित धिमाल र सरोज दाहाल भने अस्ट्रेलिया उड्न ब्याकिङमा व्यस्त थिए ।

सुजल र रन्जित बिहीबार नै अस्ट्रेलिया उडे भने सरोज शुक्रबार उड्दै छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरू विदेश पलायन हुनेक्रम रोकिएको छैन ।

माघको पहिलो साता राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई अस्ट्रेलिया भासिए । यू–१२ देखि राष्ट्रिय टोलीसम्मका उनका सहकर्मी सुजल श्रेष्ठले कठै मेरो देश ! उज्ज्वल भविष्य र सफलताको शुभकामना प्रियमित्र विशाल राई । भनेर बिदाई गरेका थिए ।

त्यसको ठीक दुई महिनापछि सुजलले पनि अस्ट्रेलियाको गन्तव्य रोजे । सुजलले पछिल्लोपटक नेपालमा गत ३० कात्तिकमा पाकिस्तानविरुद्धको खेल खेलेका थिए । सुजलले अस्ट्रेलिया उड्नुअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । आजको राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...