१३ बैशाख २०८१, बिहीबार

मन्त्रालय बाँडफाँट टुँगो लगाउनको लागि सत्ता गठबन्धनको बैठक बस्दै

gath

मन्त्रालय बाँडफाँट टुँगो लगाउनको लागि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज (बुधबार) बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

सो बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । लामो समयदेखि झण्डै डेढ दर्जन मन्त्रालय नेतृत्वविहीन छन् । सबै मन्त्रालयको बोझ प्रधानमन्त्री दाहालको काँधमा छ ।

प्रधानमन्त्री दाहलाले चैत्र ६ गते संसद्मा दोस्रो पटक विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारी छ । प्रधानमन्त्री दाहालले मन्त्रालय बाँडफाँटको प्रस्ताव गरिसकेका छन् ।

तर, दलहरुले केही बढि नै मन्त्रालयमा दाबी गरेको कारण सहमति हुन नसकेको बताईएको छ । आज भने मन्त्रालय बाँडफाँटको विषय टुँगो लगाउने दाहालको तयारी छ ।

    सम्बन्धित समाचार...