१३ बैशाख २०८१, बिहीबार

रोनाल्डोलाई समावेश गर्दै प्रशिक्षक मार्टिनेजले सुरु गरे अभ्यास

ronaldo

युरो छनोट खेलका लागि पोर्चुगलका नवनियुक्त मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले अभ्यास सुरु गरेका छन् । हिजोदेखि सुरु भएको अभ्यासमा क्रिस्टियानो रोनाल्डो पनि समावेश भएका छन् ।

गत जनवरीमा पोर्चुगलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि पहिलो पटक उनले अभ्यास थालेका हुन् । आगामी युरो २०२४ को छनोटका लागि प्रशिक्षक मार्टिनेज रोनाल्डोको अनुभवमा पनि भर पर्नेछन् । यस्तै थाइ इन्जुरीका कारण कतार विश्वकप गुमाएका अर्का स्ट्राइकर डियागो जोटा पनि अभ्यासमा समावेश भएका छन् ।

४० वर्षीय पेपेलाई पनि मार्टिनेजले बोलाए पनि इन्जुरीका कारण बाहिर छन् । पोर्चुगलले आगामी बिहीबार लिच्चेस्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने छ भने समूह बी अन्तगर्त हुने अर्को खेलमा उसले लक्जमबर्गको भ्रमण गर्नेछ । यो खेल आगामी मार्च २६ मा हुनेछ ।

    सम्बन्धित समाचार...