७ बैशाख २०८१, शुक्रबार

छलफलमा जुट्दै गठबन्धन आवद्ध दलहरू, सत्ता सहकार्य बारे छलफल हुने

gath
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आवद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्। गठबन्धन आवद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने प्रतिक्रिया दिएका थिए।

    सम्बन्धित समाचार...