१४ बैशाख २०८१, शुक्रबार

राहदानी दुरुपयोगमा लामिछानेलाई मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

rabi lamichhane passport1674821868
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी विवादमा क्लिन–चिट पाउने भएका छन् । सो विवादमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेलाई मुद्दा नचलाउने निर्णय गरेसँगै क्लिन–चिट पाउने भएका हुन् ।

राहदानी ऐन अनुसार मुद्दा चलाउनुपर्ने प्रमाण नदेखिएपछि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले गरेको सिफारिसको आधारमा मुद्दा नचलाउने निर्णयमा महान्याधिवक्ता पुगेको जनाईएको छ ।

योसँगै रविलाई अब बैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचन लड्न बाटो खुलेको छ । उनले उपनिर्वाचनको तयारीसमेत गरिसकेका छन् । आज रास्वपाले प्रधानमन्त्री पुष्ष्पकमल दाहाललाई विश्वासको मत दिएको छ । रास्वपा छिट्टै सरकारमा सहभागी हुने जनाईएको छ ।