१२ बैशाख २०८१, बुधबार

उच्च मूल्यको रेकर्डपछि आज सुनको मूल्य घट्यो

gold

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ ।

आइतबार हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको सुन आजको मूल्य आज भने झरेको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सात सय रुपैयाँ घटेर आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख आठ हजार आठ सय रुपैयाँ कायम गरिएको छ । आइतबार प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको एक हजार ३४५ रुपैयाँ तोकिएको थियो ।

    सम्बन्धित समाचार...