१२ बैशाख २०८१, बुधबार

‘ब्याक लाइट’का कारण नेपाल ९ रनले विजयी, विश्वकप छनोटमा स्थान सुरक्षित

335677123 730510732116518 2633043436819912281 n e1678968080358

आईसीसी विश्वकप लिग टूअन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा यूएईविरुद्धको खेलमा नेपाल ‘ब्याक लाइट’का कारण ९ रनले विजयी भएको छ । खराब मौसमका कारण ४४ ओभरपछि खेल हुन नसकेपछि डक वर्थ लुइस (डीएल) का आधारमा निर्णय लिइएको हो ।

जितसँगै जिम्बाबेमा हुने विश्वकप ग्लोबल छनोटमा नेपालले स्थान बनाएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट आगामी जुनमा हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार यूएईले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको थियो । यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई ३१० रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुखद सुरुवात गर्न सकेन । यद्यपि कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्शन झाको अर्धशतकले यूएईले पराजित बेहोर्‍यो ।

४४ ओभरसम्म ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै विकेट गुमायो । ओपनर आसिफ शेख पहिलो ओभरको ३ बलमा खाता नखोली मैदानबाट बाहिरिए । दोस्रो विकेटको रुपमा कुशल मल्ल १ ओभर ३ बलमा ५ रन बनाएर क्याचआउट भए । तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल ६ ओभर ५ बलमा १६ रन बनाएर आउट भए ।

अर्का ओपनर कुशल भुर्तेलले अर्धशत बनाएर मैदानबाट बाहिरिए । उनले ३२ बलमा अर्धशतक प्रहार गरे । ३५ बल खेलेका भुर्तेलले ३ चौका ४ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि मैदान प्रवेश गरेका भीम सार्कीले खेललाई लयमा फर्काउने कोशिस गरे । उनले ७६ बलमा ६७ रन जोडेर आउट भए । ९ चौका प्रहार गरेका भीम नेपालको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

त्यस्तै ६२ बल खेलेका आरिफ शेख ५२ रन बनाएर आउट मैदानबाट बाहिरिए । गुल्सन झाले अविजित अर्धशतक प्रहार गरे । ४८ बलमा खेल्न पाएका झाले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंहले ११ रन बनाए ।

यूएईका लागि जुनैद सिद्दिकीले सर्वाधिक ३ विकेट लिए भने आयान अफ्जल खान २ र जहुर खानले १ विकेट लिए ।

यूएईका कप्तान महम्मद वसिमले अर्धशतक पूरा गर्दै ६३ रनको उत्कृष्ट पारी खेले । उनले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे ।

त्यसअघि ओपनर आर्यन लाक्रा ६ रन बनाएर बोल्ड भए । यूएईको तेस्रो विकेटको रुपमा आउट भएका रिजवान सीपीले ७ रन र चौथो विकेटमा क्याचआउट भएका आयान अफ्जल खानले ३ रन जोडे । रोहन मुस्तफाले २० रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट बाँडे ।