१५ चैत्र २०८०, बिहीबार

हटाइयो दुईवर्षे श्रम स्वीकृतिको प्रावधान

shram ministry of labour

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब गन्तव्य मुलुकका रोजगारदाताले दिने करार अवधिअनुसारको श्रम स्वीकृति जारी हुनेछ । श्रम स्वीकृतिको नवीकरणका लागि समेत श्रमिक नेपाल आउनुपर्ने छैन ।

गन्तव्य मुलककै दूतावासबाट नवीकरणको व्यवस्था गरिएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । यो व्यवस्थाले वैधानिक रुपमा वैदेशिक रोजगारीमा जाने कसैले पनि कल्याणकारी सेवाबाट विमुख गर्ने छैन । श्रम मन्त्रालयका अनुसार करिब २२ लाख श्रमिक विदेशमा कार्यरत छन् ।

    सम्बन्धित समाचार...