१६ चैत्र २०८०, शुक्रबार

समय घर्किएपछि ४५ दिन थपयो यती विमान दुर्घटना जाँचबुझ आयोगको म्याद

yeti air accident

यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद ४५ दिन थपिएको छ । आयोगलाई प्रारम्भिक रूपमा दिएको ४५ दिनको समय घर्किएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले थप ४५ दिन समय दिने निर्णय गरेको हो ।

काठमाडौंबाट पोखराका लागि माघ १ गते बिहान १०ः३२ मा उडेको यतीको विमान १०ः५७ मा पोखराको सेती नदी खोंचमा खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो, जुन नेपाली आन्तरिक उडानमा हालसम्मकै ठुलो दुर्घटना हो ।

यो दुर्घटनापछि सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगलाई ४५ दिनको समय दिइएको थियो । आयोगका सदस्यमा अवकाशप्राप्त हवाईविज्ञ उपरथी दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन ९पाइलट० सुनिल थापा र हवाई मर्मत इन्जिनियर एकराजजंग थापा तथा सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आयोगलाई उक्त दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश छ । त्यसपछि आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर (एफडिआर० र ककपिट भ्वाइस रेकर्डर (सिभिआर) डाटा विश्लेषण गरेको थियो । आजको नागरिक दैनिकबाट

    सम्बन्धित समाचार...