१३ बैशाख २०८१, बिहीबार

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

pramila

जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले आज (सोमबार) उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन् । उनले पार्टीकै नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा समर्थनसमेत विज्ञप्तिमार्फत गरेकी छन् ।

‘गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुभएका पूर्वमन्त्री जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय रामसहायप्रसाद यादव नेपालको निरङ्कुश शासन प्रणालीका विरुद्ध लोकतन्त्र स्थापनका लागि त्याग र संघर्ष गर्नु भएको अग्रज नेता हुनुहुन्छ,’ प्रमिलाले विज्ञप्तिमा भनेकी छन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिबद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

उनले प्राविधिक रुपमा आफ्नो नाम उपराष्ट्रपतिको उम्मेदवारको सूचीमा रहे पनि गठबन्धनका साझा उम्मेदवार रामसहायप्रसादलाई मतदात गर्न सार्वजनिक अपिलसमेत गरेकी छन् । ‘म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका माननीय रामसहायप्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु,’ प्रमिलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवादप्रति निष्ठापूर्वक सधैं समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवं स्वच्छ छवि र उच्च विचार भएका परिपक्व नेता भन्दै रामसहायप्रसादलाई उपराष्ट्रपति पदमा उपयुक्त, योग्य र सक्षम उम्मेदवार रहेको दाबी पनि गरेकी छन् ।Jasapa 1678697025

    सम्बन्धित समाचार...