१३ बैशाख २०८१, बिहीबार

राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै ओलीले भने- ‘अंक दिनपरे सय दिन्छु’

oli kp
फाइल फोटो

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको बताएका छन् ।

आज (बिहीबार) नयाँ बानेश्वरको सांसद भवनमा राष्ट्रपति चयनका लागि मतदान गरेपछि उनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीको भूमिकालाई आफूले सयमा सय नम्बर दिने बताएका हुन् ।

राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उनले भने– ‘वर्तमान राष्ट्रपतिको भूमिकालाई अङ्क दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।’

    सम्बन्धित समाचार...