८ बैशाख २०८१, शनिबार

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले कांग्रेससँगको सम्बन्ध तोड्नुपर्छ : महामन्त्री थापा

Gagan Thapa
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि उनले नेपाली कांग्रेससँगको सम्पूर्ण सम्बन्ध तोड्नुपर्ने बताएका छन्।

राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा संसद् भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले पौडेल निर्वाचित भएपछि उनले नेपाली कांग्रेससँगको सम्पूर्ण सम्बन्ध तोड्नुपर्ने बताएका हुन्।

उनले भने, ‘राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचितभएपछि नेपाली कांग्रेससँगको सम्बन्धबाट मन, वचन र कर्मले तोड्नुपर्छ। राष्ट्रपतिबाट बोलीले मात्र हैन र सबैकुराबाट निष्पक्ष गर्नुपर्छ।’