१५ चैत्र २०८०, बिहीबार

होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

holi

होली भनेको रङहरुको पर्व हो तर धेरै पटक हामी रङसँग खेल्दा यस्ता गल्ती गर्छौं, जसका कारण छाला नराम्ररी बिग्रन सक्छ।

रङसँग खेल्नु ठिक कुरा हो तर यो समयमा छालाको ख्याल गर्नु पनि उत्तिकै जरुरी रहन्छ। रङमा डुब्नुभन्दा पहिले आफ्नो छालाको ख्याल राख्ने तरिका जान्नुहोस्र। ताकि तपाईंको छालालाई नोक्सान नहोस्। यी उपाय अपनाएमा यस्ता समस्याबाट बच्न सकिन्छ।

सनस्क्रिन लगाउनुहोस्:
यदि तपाईं होली खेल्न जाँदै हुनुहुन्छ भने रङ लगाउनु अघि तपाईंले ३० एसपीएफ भएको सनस्क्रिन लगाउनुपर्छ। यसरी लगाउँदा छालामा एक सुरक्षात्मक तह बनाइन्छ। जसले गर्दा तपाईंको छालालाई रंगको हानिकारक प्रभावबाट सुरक्षा मिल्छ।

तरल पदार्थको सेवन बढाउनुहोस्:
रंङमा केमिकल हुन्छ। रङ अनुहारमा लगाउँदा छाला झनै सुख्खा हुन्छ। यसबाट बच्न होलीको केही दिन अघि तरल पदार्थको सेवन बढाउनुहोस्। यसबाट छाला स्वस्थ रहनुका साथै हाइड्रेटेड पनि रहन्छ। दहीँ, रसदार फलफूल, मही वा आफूलाई मनपर्ने जुस पिएर छालालाई सुख्खा हुनबाट बचाउन सकिन्छ।

आइस क्यूबले मसाज गर्नुहोस्:
रङ खेल्नुअघि छालामा आइस क्यूब रगड्नुहोस्। यसले पोर्स बन्द गर्छ र होली खेल्दा छालामा बस्दैन।

छालालाई मोइस्चराइज गर्नुहोस्:
होली खेल्नुअघि छालालाई मोइस्चराइज गर्नुपर्छ। कुनै पनि क्रिम प्रयोग गर्नुको सट्टा, नरिवलको तेल लगाउनुहोस्। अथवा बदाम र तिलको तेल पनि लगाउन सक्नुहुन्छ। यो तेल लगाउनाले छालामा मुँहासे र फुल्ने समस्या हुँदैन। होली खेल्नुअघि तोरीको तेलले हात, खुट्टा र गालामा हल्का मसाज गर्नाले रंगको प्रभाव कम हुन्छ।

पूरा ढाक्ने कपडा लगाउनुहोस् :
होली खेल्दा पूरै ढाक्ने कपडा लगाउनुहोस्। यदि तपाईं आधी कपडा लगाउनुहुन्छ भने केमिकलले छालालाई भित्रबाट बिगार्ने काम गर्छ।

    सम्बन्धित समाचार...