
प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेकाे छ ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए ।
चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७ औं स्थानमा सिमित छ ।
यस्तै, चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको वल्भ्सले पराजित गरेको छ ।
शनिवार राती भएको खेलामा बल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १–० मा सिमित पारिदिएको हो ।
टोटनहमको पराजयमा वल्भ्सका एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३ औं स्थानमा छ । पराजित टोटेनहम ४५ अंक सहित चौथो स्थानमा छ ।