८ बैशाख २०८१, शनिबार

नौ मन्त्रालयको भारी प्रधानमन्त्रीलाई

prachanda 4
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न महत्वपूर्ण नौवटा मन्त्रालयको जिम्मेवारी आफै सम्हालेर बसेका छन् ।

प्रधानमन्त्रीले सम्हालेका गृह, शिक्षा, श्रम रोजगार तथा वन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालय यतिखेर कामचलाउजस्ता देखिएका छन् ।

यस अतिरिक्त प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेका छन् ।

प्रधानमन्त्रीले सम्हालेका प्रायः सबै मन्त्रालयको कार्यसम्पादन मन्त्रीको अभावमा कमजोर देखिन थालेको मन्त्रालयका अधिकारीको भनाइ छ । ‘मन्त्रालयमा मन्त्री नहुँदा स्वाभाविक असर पर्छ, प्रधानमन्त्री आफैं मन्त्रालयमा आउने कुरा भएन्, त्यसैले अहिले मन्त्रालयको काम प्रभावकारी हुन सकेको छैन,’ मन्त्रालयका एक सचिवले भने ।

ती मन्त्रालयको कामकारबाहीमा समेत समस्या परिरहेको बताइन्छ । मन्त्रालयमा मन्त्रीले विभिन्न नीतिगत योजना र कार्यक्रम ल्याउन नियमित रूपमा छलफलसमेत गर्नुपर्नेहुन्छ । हाल प्रधानमन्त्रीले सम्हालेका नौवटा मन्त्रालयमा त्यस प्रकारका छलफल र नीति निर्माणलगायतका कार्यक्रम अवरुद्ध भएको हो ।

प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेका मन्त्रालयका सचिवले मन्त्रालयको कुनै पनि नीतिगत निर्णय लिनुपरेमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार धाउनुपर्ने अवस्थासमेत छ । सिंहदरबारमा समेत सचिव प्रधानमन्त्रीलाई भेट्न लाइन लाग्नुपर्ने अवस्था रहेको बताइन्छ ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको दुई साता भइसक्दा समेत प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेको गृह, शिक्षा, श्रमलगायतका मन्त्रालयमा नयाँ मन्त्री ल्याउन नसक्दा ती मन्त्रालयको काम कारबाही प्रभावित हुँदै आइरहेको छ । यस्तै, राप्रपा सरकारबाट बाहिरिएपछि राप्रपाले लिएका जलस्रोत, सहरी विकास र कानुन मन्त्रालयसमेत प्रधानमन्त्री आफैले सम्हाल्न थालेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...