७ बैशाख २०८१, शुक्रबार

इजरायल र प्यालेष्टाइनले गरे हिंसा नियन्त्रणको सहमति

thumb

आइतबारको भेटघाटमा दुवै पक्षहरूले संयुक्त वक्तव्य जारी गर्दै बढ्दो हिंसा नचर्काउने इजरायली र पालेष्टेनी अधिकारीहरूले वाचा गरेका छन् ।

यस बैठकमा इजरायलले कब्जा गरेको वेष्ट बैंकमा नयाँ बस्ती विस्तारको छलफल चार महिनाका लागि बन्द गरेको र कुनै पनि आउटपोष्ट ६ महिनाको लागि खडा नगर्ने भएको छ ।

इजरायली र पालेष्टेनी प्रतिनिधिमण्डलको वर्षौं पछिको यो वार्ता जोर्डनको अक्बामा वरिष्ठ अमेरिकी, जोर्डनी र इजिप्शियन अधिकारीहरू पनि सहभागी छन् । दुवै द्वन्दरत पक्षहरू हिंसा नभड्काउने र त्यसको प्रतिबद्धता जनाउन आवश्यक ठानेको बताएका छन् । उनीहरूले अघिल्लो सम्झौताको पनि पालना गर्ने सहमति जनाएका छन् । जोर्डनी, इजिप्शियन र अमेरिकीहरूले दुवै पक्षहरुबीच सम्बन्ध पुनर्स्थापना र सघनताको लागि प्रमुख प्रगति भएको बुझाई छ ।

पालेष्टेनी सशस्त्र समूह हमाशले भने यो बैठक बेकार भएको र वेष्ट बैंक स्थित पालेष्टेनी अथोरिटी त्यसमा सहभागी भएको निन्दा गरेको छ । दुवै पक्षले तीन देखि ६ महिनाका लागि संयुक्त तयारी र तत्कालै एकपक्षीय कारबाहीको अन्त्य गर्ने सहमति गरेका छन् । यो सम्झौताले बेन्यामिन नेतन्याहूको दक्षिण पन्थी गठबन्धन सरकारलाई अप्ठ्यारोमा पार्न सक्नेछ ।

पालेष्टेनीहरुले पूर्वी जेरुसेलमलाई राजधानी बनाउँदै वेष्ट बैंक र गाजा क्षेत्र सहित स्वतन्त्र राज्य स्थापनाको लक्ष्य लिएका छन् । सन् १९६७मा इजरायलले कब्जा गरेको भूभाग पनि पर्दछ । सन् २०१४ देखि शान्ति वार्ता स्थगित भएको छ र पालेष्टेनीहरु यहुदी बस्ती विस्तारले दुई राज्यको अवधारणालाई कमजोर पार्ने भन्दै आएका छन् ।

    सम्बन्धित समाचार...