
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने बताएका हुन् । साथै उनले एमालेको उम्मेदवार पक्का भइसकेकोसमेत बताए ।
राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भने, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता गर्छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’
प्रतिनिधिसभा बैठकबाट बाहिरिएसँगै ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निर्णायक छलफलका लागि उनी बालुवाटार पुगेका हुन् ।
राष्ट्रपति निर्वाचनको विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको विघटित सत्ता गठबन्धनको छलफल भइरहेको बेला पुष १० को सहमति सम्झाउन ओली फेरि बालुवाटार पुगेका हुन् । अहिले दाहाल–ओलीबीच निर्णायक भनिएको वार्ता भइरहेको छ ।
वार्तामा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदैछ ।