१३ बैशाख २०८१, बिहीबार

खबरदार ! राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ’

prachanda

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताएका छन्।

भूमि फिर्ताको विषयमा दलहरुबीच भएको राष्ट्रिय एकतामा पनि उनले प्रशंसा गरे। संविधान संशोधन विधेयकको दफवार छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले संशोधन प्रक्रियामा साथ दिने सबै राजनीतिक दललाई धन्यवाद पनि दिए।

प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन्।

दाहालले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउन लागेको भन्दै राजतन्त्रका पक्षमा प्लेकार्ड नबोक्न आग्रह गरेका छन् ।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं। राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ। ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ।’

उनले सबै खाले वैदेशिक हस्तक्षेपबाट उन्मुक्त नेपाल निर्माण पनि गणतन्त्रको एउटा ऐतिहासिक मुद्दा भूमि फिर्ता पनि भएको प्रचण्डको भनाई छ । 

कुनै पनि दलले जस वा अपजसभन्दा लामो समयदेखिको प्रयत्नको केन्द्रीकृत अभिव्यक्तिका रुपमा घटनाक्रमलाई लिनुपर्ने प्रचण्डको भनाई छ। केन्द्रीकृत प्रयासबाट गुमेको भूभाग फिर्ता लिने नयाँ चरण प्रवेश भएको उहाँको भनाई छ । 

प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्। ‘यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि होइन। राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुंग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको थिएँ,’ उनले भने।

हामीले भारतसँग दुश्मनी चाहेका होइनौँ

अध्यक्ष दाहालले अहिले भारत र नेपालबीच नक्साबारे भइरहेको विवादलाई वार्ताबाट नै समाधान गरिने बताएका छन् । उनले देशले र सरकारले यसलाई प्रयास गरिरहेको र संविधानबाट यो नयाँ नक्सा अपडेट गरे पनि भारतसँग आफूहरुले कुनै पनि निहुँ खोज्न नचाहेको बताएका छन् ।

उनले अहिले भारतको सहयोग पनि अपरिहार्य भएको बताएका छन् ।

‘हामीले भारतसँग दुश्मनी गर्न चाहेको होइनौँ,’ उनले भने, ‘हामीले यो काम गर्नु भनेको भारतसँग दूरी बढाउन खोजेको होइन, झन् झकझकाएर समस्या समाधान गर्न खोजेको हो ।’

उनले यसले भारतसँग वार्ता गर्ने वातावरण बनोस् भन्ने चाहना भएको पनि बताएका छन् ।

संसदमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले छिमेकी देशहरुसँग नेपालले सधैं वार्ता र छलफलबाट समृद्धि ल्याउन प्रयास पनि गरिरहेको बताएका छन् ।

प्रचण्डले भारतीय पक्षलाई धन्यवाद दिए

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय मन्त्रीहरुलाई धन्यावाद दिएका छन्। भारतले कस्मीर समावेश गरेर आन्तरिक राजनीतिमा व्यवस्थापनका लागि नक्सा जारी गरेपछि नै नेपालले विरोध जनाएको उल्लेख गर्दै उनले पछिल्लो पटक सडक उद्‌घाटन गरेर नेपाललाई आफ्नो अडान राख्ने अवस्था सिर्जन गरिदिएकोमा धन्यवाद दिए।

‘हामीले वार्ता र संवादबाटै यो समस्यालाई समाधान गरौला भन्ने चाहेका थियौं,’ प्रचण्डले संसदमा भने, ‘तर, एकाएक सडक उद्घाटन गरेर हामीलाई ब्युझाइदिने काम भयो। यसका लागि धन्यवाद।’

भारतका रक्षामन्त्री राजनाथ यादवले लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने सडकको उद्घाटन गरेका थिए। नेपाली भूमि हुँदै भारतीय सेनाले बनाएको सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो। त्यहीबाट नक्साको स्वरुप परिवर्तनको प्रकृया अगाडि बढेको हो। आज संविधान संशोधनबाट

उनले सीमाको विषयमा भारतसँग वार्ताबाटै समस्याहरु सुल्ट्याउने प्रतिवद्धता जाहेर गरे।

उनले राजतन्त्रकालमा गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता लिने बताएका छन्। भूमि फिर्ताको विषयमा दलहरुबीच भएको राष्ट्रिय एकतामा पनि उहाँले प्रशंसा गरे।

संविधान संशोधन विधेयकको दफवार छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले संशोधन प्रक्रियामा साथ दिने सबै राजनीतिक दललाई धन्यवाद पनि दिए।

उनले सबै खाले वैदेशिक हस्तक्षेपबाट उन्मुक्त नेपाल निर्माण पनि गणतन्त्रको एउटा ऐतिहासिक मुद्दा भूमि फिर्ता पनि भएको प्रचण्डको भनाई छ ।

कुनै पनि दलले जस वा अपजसभन्दा लामो समयदेखिको प्रयत्नको केन्द्रीकृत अभिव्यक्तिका रुपमा घटनाक्रमलाई लिनुपर्ने प्रचण्डको भनाई छ। केन्द्रीकृत प्रयासबाट गुमेको भूभाग फिर्ता लिने नयाँ चरण प्रवेश भएको उहाँको भनाई छ ।