२३ बैशाख २०८२, मंगलवार

निष्कर्षविहीन माओवादी, जसपा र समाजवादीको बैठक, भोलि ८ बजे कांग्रेसहित बस्ने

Dauba prachand madhav and upendra 1024x416 1

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन बसेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक निष्कर्षविहीन बनेको छ ।

सिंहदरबारमा रहेको माओवादीको संसदीय दलको कार्यालयमा बिहीबार साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन बनेपछि भोलि कांग्रेससहित बस्ने सहमति भएको छ ।

माओवादी नेता जनार्दन शर्माका अनुसार आज (बिहीबार) को बैठक निष्कर्षमा पुग्न नसकेपछि भोलि (शुक्रबार) कांग्रेससहितको बैठक बस्ने निर्णय भएको हो । उनका अनुसार बैठक भोलि बिहान ८ बजे बस्ने तयारी छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, घनश्याम भूसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, प्रकाश श्रेष्ठलगायत नेता सहभागी थिए ।

    सम्बन्धित समाचार...