७ बैशाख २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग: लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

Manchester United vs Liverpool Football Match Report July

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि ३-0 गोलको जित हात पारेको छ ।

ओल्डट्राफोर्डमा भएको खेलमा सुरुवाती समयमा लेस्टर आक्रमक देखिएको थियो । लेस्टरका लागि हार्भे बार्नसले गोल पोस्ट नजिकबाट गरेको प्रहार गोलरक्षक डेभिड डि गियाले बचाएका थिए । यस्तै केलेची एहनाचोले गरेको हेडर प्रहारलाई पनि गोलरक्षक गियाले रोकेका थिए ।

२५ औँ मिनेटमा मार्कस रासफोर्डको गोलसँगै युनाइटेड खेलमा फर्किएको थियो । ५६ औँ मिनेटमा उनले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए ।

उच्च फर्ममा रहेका रासफोर्डको यो जारी सिजनको सबै प्रतियोगितामा गरी २२ गोल हो । दुवै गोलमा बु्र्नो फर्नान्डेसको असिस्ष्ट रह्यो । ६१ औँ मिनेटमा वैकल्पिक खेलाडी जेडोन सान्चोले गोल गरी ३-0 गोलको जित सुनिश्चित गरे । यो जितपछि तेस्रो स्थानको युनाइटेडको २४ खेलबाट ४९ अंक भएको छ । यता लेस्टरको तीन खेलसम्मको अपराजित यात्रामा ब्रेक लागेको छ । लेस्टरको २३ खेलबाट २४ अंक छ ।

टोटेनहमले वेस्टह्यामलाई ३-0 गोलले हराउँदै शीर्ष चारमा उक्लिएको छ ।

टोटेनहममा दुवै गोल दोस्रो हाफमा भएका हुन् । ५६ औँ मिनेटमा इर्मसन रोयलले गोल गरेका थिए । वेष्ट ह्यामले लगत्तै बराबरीको मौका पाएपनि गोलरक्षक फ्रेसर फोर्स्टरले बचाएका थिए ।

वैकल्पिक खेलाडी सन हिउङ मिनले मैदान प्रवेश गरेको मात्रै चार मिनेटमा गोल गरी टिमको जित सुनिश्चित बनाए । यो जित पछि टोटेनहमले २४ खेलबाट ४२ अंक बनाएको छ । यता रेलिगेसन जोनमा रहेको वेस्ट ह्यामको २३ खेलबाट २० अंक छ ।

    सम्बन्धित समाचार...