२२ बैशाख २०८२, सोमबार

नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

chandra

जलेर घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजानका लागि अस्पतालबाट विमानस्थलतर्फ एम्बुलेन्समार्फत लगिएको छ ।

एयर एम्बुलेन्समार्फत भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजान लागिएको हो । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उनको उपचारका गर्ने तयारी छ ।

बुधबार राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डरबाट ग्यास लिक भएर भण्डारीसँगै उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । उनको दुवै हात-खुट्टा र अनुहार जलेको छ ।

८६ वर्षीया हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान १० बजेर ५७ मिनेटमा निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले पुष्टि गरिन् ।

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा पनि अस्पताल पुगेका थिए । यस्तै महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता शेखर कोइरालालगायत नेता तथा शुभचिन्तकहरु अस्पताल पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भण्डारीका साथमा ६ जना चिकित्सकको टोली पनि मुम्बई जाने भएका छन् ।

    सम्बन्धित समाचार...