२४ बैशाख २०८२, बुधबार

सवारी साधन तेर्सायर यातायात मजदुर प्रदर्शनमा उत्रिएपछि रणमैदान बन्यो बालाजु : १० प्रहरी घाइते

b

बीच सडका सवारी साधन तेर्सायर यातायात मजदुर प्रदर्शनमा उत्रिएपछि बालाजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले दुईवटा प्रहरीको भ्यान र माछा पोखरीको अस्थायी प्रहरी बिटमा आगजनी गरेपछि स्थायी तनावग्रस्त बनेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक हिमालय श्रेष्ठका अनुसार स्थिति नियन्त्रणमा लिन खोज्दा १० प्रहरी घाइते भएका छन् भने दुई प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ ।

प्रवक्ता श्रेष्ठले भने, ‘सवारी साधन बीच सडकमा तेर्साएर आन्दोलनमा उत्रिएकाले प्रहरी समयमै घटना स्थलमा पुग्न नसकेपछि गाडीमा आगजनी भयो । हामीले दुई प्रदर्शनकारी र हुलमुलमा लुटपाट गर्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिएका छौं’

उनका अनुसार प्रदर्शन जारी रहेकाले सडक अझै अवरुद्ध छ भने प्रदर्शनकारीले ढुंगामुडासमेत गरिरहेका छन् ।

स्थिति सामान्य अवस्थामा फर्काउन प्रहरीले बल प्रयोग गर्ने तयारी गरेको छ ।

van aagjani

    सम्बन्धित समाचार...