८ बैशाख २०८१, शनिबार

सरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार

bishnu poudel
फाइल फोटो

सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् । 

गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाएका हुन् । तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । सोही बजेटको आकारलाई १४ प्रतिशतले घटाउँदै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन् । 

अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट  ३ खर्ब १३ अर्ब ८५ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबाट २ खर्ब १४ करोडमा झारेका हुन् । 

१४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य राखिएकोमा अर्थमन्त्री पौडेलले घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड सङ्कलन हुने अनुमान प्रतिनिधिसभामा पेस गरेका हुन् ।

    सम्बन्धित समाचार...