६ बैशाख २०८१, बिहीबार

बिशालु सर्पलाई मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने उद्धारकर्मीको निधन

SNAKE
फाइल फोटो

जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’ गर्दा भारतका एक साप उद्धारकर्मीको निधन भएको छ ।

एक स्थानियको घरमा बिशालु सर्प पसे पछि उद्धारका लागि बोलाईएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्डवाजी’ गर्दै गर्र्दै सापले डसेर निधन निधन भएको हो ।

समाचार अनुसार सन्तोषले बिशालु सापलाई पक्रे पछि आफनो मुख नजिक ल्याएर हाल्ने तथा निकाल्ने, कहिले चुम्बन गर्ने त कहिले कम्मर र घाँटीमा लपेटने जस्ता अनेक हर्कत गरिरहेका थिए । पक्राउ परेको सापलाई उद्धार गर्नुको सट्टा लामो समयसम्म अनेक हर्कत गरेर गाउँलेलाई देखाईरहेका थिए ।

साप बिशालु भएकाले त्यस्तो हर्कत नगर्न स्थानियले अनुरोध गर्दा पनि उनले ‘स्टन्डवाजी’ गर्न छाडेनन् । यसअघि उद्धार र पक्राउ गरिएका सापहरुलाई खेत तथा जंगलतिर छाडने गरे पनि सापलाई जंगल तिर नछाडेर कपडाले बेरेर आफनो घरतर्फ लगे ।

अन्तत: ‘स्टन्डवाजी’ गर्दा गर्दै उक्त सापले सन्तोष कुमारलाई डसिहाल्यो । उनलाई उपचारका लागि स्थानिय अस्पतालमा लगिए पनि डाक्टरहरुले उनलाई अन्तत: मृत्यु भएको घोषणा गरिदिएका थिए ।

    सम्बन्धित समाचार...