
मौसम बदली भइ आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना छ ।
तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ। महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ।
आज दिउँसो र राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
भोलि (बुधबार) आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।
राति भने प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहिबार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहनेछ।