६ बैशाख २०८१, बिहीबार

सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग प्रधानमन्त्री दाहालको छलफल

prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन्।

आज बिहान ९ बजेका लागि प्रधानमन्त्री दाहालले सबै दलका सचेतकहरूलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने बिजनेसलगायत बारेमा दलको आधिकारिक राय लिनका प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।

संसद्‌मा सांसदहरूको भूमिकामात्र नभई राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।

    सम्बन्धित समाचार...