
हाल प्रदेश – १ का पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ।
आज दिउँसो र राति आंशिकदेखि सामान्य बदली भइ देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
भोलि (मंगलबार) प्रदेश – १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै बुधबार दिउँसो आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।