२४ बैशाख २०८१, सोमबार

रवि लामिछानेको नजरमा गोकुल बाँस्कोटा मात्रै ठीक, अरू खत्तम !

Rabi Lamichhane 1

सरकारबाट बाहिरिने पार्टीको निर्णयपछि विशेष पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपालका मिडियाप्रति रुष्ट देखिए । पत्रकार सम्मेलनमा पार्टीको योजना र भविष्यका कार्य योजनामा कम बोलेका सभापति लामिछाने गालीगलौजमा व्यस्त देखिए ।

लामिछानेले समर्थन फिर्ता लिँदा सरकार ढल्न सक्ने भएकाले अस्थिरताको कारक नबन्न सरकारलाई दिएको समर्थन कायमै राखेको बताए । स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राखेर विपक्षमा बस्ने निर्णय गरेको उनको भनाइ छ ।

आज आफ्ना मन्त्रीलाई फिर्ता गर्ने निर्णय गरिएको भए पनि दाबीअनुसारको काम गर्न सक्ने मन्त्रालय पाए पुनः सरकारमा जाने सकिने उनको भनाइ छ ।

त्यस्तै उनले बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनबारे कुनै निर्णय नभएको बताए । करिब डेढ घण्टाको पत्रकार सम्मेलनमा तुच्छ शब्दसहित व्यक्तिगत अभिव्यक्ति दिएका लामिछानेले पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई भने हिम्मत भएको नेता भन्दै प्रशंसा गरे।

    सम्बन्धित समाचार...