५ जेष्ठ २०८१, शनिबार

संकटउन्मुख सुदूरपश्चिम प्रदेश सरकारको भविष्य थप अन्योलतर्फ

rajendrasing rawal

संकटउन्मुख सुदूरपश्चिम प्रदेश सरकारको भविष्य थप अन्योलतर्फ धकेलिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले रेशमलाल चौधरी रिहा नभएसम्म विश्वासको मत दिन नमानेको अवस्थामा अर्का सांसद अरुण चौधरीलाई कारागार चलान गरेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पर्ने भएको हो ।

नागरिक उन्मुक्तिसँग सहमति हुन नसक्दा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री नियुक्त भएको तीन साता बित्दा पनि विश्वासको मत लिन सकेका छैनन् । विश्वासको मत पाउने संकेत नदेखिएपछि संसद बैठक पनि अनिश्चित बनेको छ । उन्मुक्तिले विश्वासको मतका लागि जेलमा रहेका रेशमसहित ७ नेतालाई रिहा गर्नुपर्ने सर्त राखेको थियो । त्यसैमा अर्का सांसद अरुण चौधरी पक्राउ परेपछि तत्काल विश्वासको मत दिने मनसायमा उन्मुक्ति पार्टी छैन ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ । विश्वासको मत लिन नसक्दा सुदूरपश्चिम सरकार विस्तारसमेत हुन सकेको छैन । संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

    सम्बन्धित समाचार...