२० बैशाख २०८२, शनिबार

अरुण चौधरी पक्राउको विरोधमा लुम्बिनी प्रदेशसभा बैठकमा अवरोध

lumbini

संघीय सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको पाँचौं बैठक नागरिक उन्मुक्तिले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक सुरु हुनासाथ नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले आफ्ना सांसद पक्राउको विरोधमा आ-आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि प्रदेशसभाका सभामुख वसन्त घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । शुक्रबार मात्रै प्रहरीले सांसद् चौधरीलाई कारागार चलान गरेको थियो ।

    सम्बन्धित समाचार...