२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति तथा संसदीय दलको बैठक

Rabi Lamichhane

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजे बस्ने छ ।

पूर्वसहमति अनुसार गृह मन्त्रालय आफूले नपाउने अवस्था बनेपछि रास्वपाले सरकारमा सहभागिताका विषयमा निर्णय गर्न बैठक बोलाएको हो ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए ।

सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा बैठकमा छलफल हुने उनले बताए ।

पार्टी सभापति रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकारात्मक सन्देश नपाएकाले नयाँ शिराबाट अगाडि जाने तयारी भएको उनको भनाइ छ ।

यसअघि आजै सभापति लामिछानेले फेसबुकमा स्टाटस लेख्दै अब आफू चुप लागेर नबस्ने चेतावनी दिँदै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका थिए ।

उनले आफू अभिमन्यु नभएको बताएका छन् ।

    सम्बन्धित समाचार...