१५ चैत्र २०८०, बिहीबार

आत्महत्याको घटना बढेको भन्दै उच्चस्तरीय न्यायिकको छानबिनको माग

amresh kumar singh

देशभर आत्मदाह तथा आत्महत्याको घटना बढेको भन्दै उच्चस्तरीय न्यायिकको छानबिनको माग गरिएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद अमरेशकुमार सिंहले देशभर आत्मदाह र आत्महत्याको घटना बढेकाले यसको उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

प्रेमप्रसाद आचार्यले जस्तै देशभर आत्मदाह र आत्महत्याको घटना बढेको भन्दै उनले किन जनता आत्मदाह र आत्महत्या गर्ने अवस्थामा पुगे भन्ने विषयमा उच्चस्तरीय न्यायिक छानबिन गर्र्नुपर्ने माग गरेका हुन् ।

अघिल्लो साताको मंगलबार संघीय संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको भोलिपल्छ बुधबार उपचारका क्रममा निधन भएको थियो ।

    सम्बन्धित समाचार...