८ बैशाख २०८१, शनिबार

रविको अल्टिमेटममा प्रचण्डको बेवास्ता

maoist meetaing

प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालयबारे तत्काल केही निर्णय नलिने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा उनले गृहमन्त्रालयबारे तत्काल केही निर्णय नलिने निश्कर्ष सुनाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने आज साँझ ५ बजेसम्म राष्ट्रपतिबारे निर्णयमा नपुगे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । लामिछानेको अल्टिमेटमलाई प्रचण्डले बेवास्ता गरेका छन् । महराका अनुसार पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने सुनाएका थिए ।

महराले राष्ट्रपतिको निर्वाचनमा पनि राष्ट्रिय सहमति खोजिने निर्णय भएको सुनाए । उनकाअनुसार राष्ट्रपतिको निर्वाचनमा सहमति खोज्ने कुरा एमालेसहितको हुनेपनि स्पष्ट पारे । उनले भने,‘गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन भनेर प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ ।’

    सम्बन्धित समाचार...