१३ बैशाख २०८१, बिहीबार

युक्रेनको अपमानजनक अभिव्यक्तिको आईओसीले गर्‍यो खन्डन

ioc

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पेरिस ओलम्पिकमा रुसी खेलाडीलाई सहभागी गराउन सक्ने अभिव्यक्तिमाथि युक्रनेले गरेको अपमानजनक आलोचनाको खन्डन गरेको छ ।

युक्रेनले रुसका खेलाडीलाई पेरिसमा प्रतिस्पर्धा गर्न दिने संकेत गरेर आईओसीले युद्धलाई बढावा दिएको आरोप लगाएको थियो ।

अघिल्लो साता आईओसीले पेरिस ओलम्पिकमा रुसका खेलाडी छनौट हुन सक्ने सम्भावना रहेको प्रतिक्रिया दिएको थियो । त्यसपछि युक्रेनियन राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले हिंसा, सामूहिक हत्या र विनाशलाई बढावा दिएको भन्दै कडा आलोचना गरेका थिए । उनले रुसी खेलाडी खेलमा हुनु भनेको उसलाई नरसंहारका लागि प्लेटफर्म मिल्नु भएको बताएका थिए ।

आईओसीले विज्ञप्ति जारी गर्दै यस्तो अपमानजनक आलोचनाको कडा शब्दमा खारेज गर्ने उल्लेख गरेको छ । यस्ता अपमानजनक आरोपले कुनै रचनात्मक बहसको आधार सिर्जना नगर्ने विज्ञप्तिमा उल्लेख छ ।

गत साता एसियाली ओलम्पिक परिषद्ले आईओसीसमक्ष रुस र बेलारुसलाई एसियामा प्रतिस्पर्धाको मौका दिनुपर्ने प्रस्ताव गरेको थियो । जसमा आईओसीले सकारात्मक प्रतिक्रया जनाएको थियो ।

    सम्बन्धित समाचार...