७ बैशाख २०८१, शुक्रबार

एफए कपको पाँचौ चरणमा प्रवेश वेस्ट ह्याम

west ham

इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्याम एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । गएराति वेस्ट ह्यामले तेस्रो श्रेणीको इंग्लिस फुटबल डर्बी काउन्टीलाई २ – ० गोलले हराएको हो ।

प्राइड पार्क स्टेडियममा भएको खेलको पहिलो हाफमा वेस्ट ह्यामले १- ० गोलको अग्रता बनाएको थियो । १० औँ मिनटेमा मिकाइल एन्टोनियोले दिएको पासमा ज्यारोड बोवेनले वेस्ट ह्यामको खाता खोलेका हुन् । उनले ६ खेलपछि पहिलो पटक गोल गर्न सफल भए । दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै एन्टोनियो आफैँले गोल गरे ।

बाँकी समय डर्बी खेलमा फर्कन सकेन । योसँगै डर्बीको १४ खेलसम्मको अपराजित यात्रामा ब्रेक लागेको छ । यो जितपछि एफए कपको अन्तिम १६ को समीकरण पूरा भएको छ ।

अब डेभिड मोयसको टोली वेस्ट ह्यामले पूर्व क्लब म्यानचेस्टर युनाइटेडको भ्रमण गर्नेछ । यस्तै अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियनसिप साइड क्लब ब्रिस्टल सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित समाचार...