७ बैशाख २०८१, शुक्रबार

उपाधि होडमा रहेको रियाल मड्रिडलाई धक्का

real1675040494

स्पेनिस ला लिगामा साविक विजेता रियाल मड्रिड रियाल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको छ । यो नतिजापछि उपाधि होडमा रहेको मड्रिडलाई ठूलो धक्का लागेका छ ।

सान्तियागो बर्नाबेउमा भएको खेलमा घरेलु टोली रियाल मड्रिडका लागि भिनिसियस जुनियरले तीन वटा महत्वपूर्ण अवसर गुमाएका थिए ।

रियाल सोसिडाडका गोलरक्षक एलेक्स रेमिरोले पनि उत्कृष्ट बचाउ गरेका थिए । यो नतिजापछि रियाल बार्साभन्दा पाँच अंकले पछि परेको छ । कार्लो एन्सेलोटीको टोली रियाल मड्रिड १८ खेलबाट ४२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ४७ अंक छ । तेस्रो स्थानमा रहेको रियाल सोसिडाडको १९ खेलबाट ३९ अंक छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा रियालको सहरी प्रतिद्वन्द्वी एट्लेटिकोले ओसासुनालाई १ – ० गोलले हरायो । एट्लेटिको चौथो स्थानमा छ ।

    सम्बन्धित समाचार...