१६ चैत्र २०८०, शुक्रबार

एफए कपको चौथो चरणबाटै बाहिरियो साविक विजेता लिभरपुल

liv

साविक विजेता लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । गएराति लिभरपुलले इंग्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग २ – १ गोलको पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

एमेक्समा भएको खेलमा पाहुना टोली लिभरपुलले ३० औँ मिनेटमा अग्रता बनाएको थियो । मोहम्मद सल्ल्लाहको पासमा हार्भे इलियोटले गोल गर्दै योर्गन क्लोपको टोलीलाई अघि राखे । त्यसको ९ निटेमा ब्राइटनले खेललाई बराबरीमा ल्यायो ।

तारिख लाम्प्टेले हानेको गोल डिफलेक्ट हुँदा लेइस डन्कले गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफमा पनि लिभरपुलले खासै खेलमा फर्कने संकेत गरेन ।

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेको ब्राइटनका लागि खेलको इन्जुरी समयमा कराउ मितोमाले निर्णायक गोल गरे ।

लगभग बराबरी हुने अवस्थामा पुगेको खेलमा जापानी विंगर मितोमाले पोस्ट नजिकैबाट उत्कृष्ट गोल गरेका हुन् । गत सिजन एफए कप उचालेको लिभरपुलले ब्राइटनसँग दुई साता अघि प्रिमियर लिगमा ३ – ० गोलको पराजय व्यहोरेको थियो । खराब लयमा रहेको लिभरपुल तालिकाको ९ औँ स्थानमा छ भने ब्राइटन तालिकाको छैटौँ स्थानमा छ ।

    सम्बन्धित समाचार...