
२० लाख धरौटीमा छुटेका बरजस्ती करणीका आरोपित सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन माग गर्दै महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च अदालत पुग्ने भएको छ ।
पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीको भनाइ छ ।
उनका अनुसार गत बिहीबार नै लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च जाने निर्णय गरेको थियो ।